२०८१ पुष २६ , शुक्रवार

कुमारी बैंक र एनसीएचएलबीच भुक्तानी सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । यस बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको साझेदारीमा Alipay+नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुका लागि NepalPayQRमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।यो सेवा मार्फत Alipay+ प्रयोगकर्ताले कुमारी बैंकको NepalPay QRरहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सकिने जनाएको छ ।

Alipay+नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने बिश्वास बैंकले लिएको छ । यस सम्झौतासँगै, नेपालमा उपलब्धNepalPayQRर यसको interoperable QRलाई Alipay+नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सकिने छ।

यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेशिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुर लगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरिNepalPay QRस्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ भने,NepalPayQRमार्फत व्यवसायीहरूले १४ अन्तर्राष्ट्रिय ई–वलेट र मोबाइल बैंकिङ एप्स जस्तै:Alipay, AlipayHK, Tinaba, MPay, Touch’n Go Wallet, MyPB, Hipay, GCash, Changi Pay, OCBC Digital, KakaoPay, Naver Pay, Toss Pay र TrueMoneyबाट भुक्तानी स्वीकार गर्न सकिने छ। साथै, बैंकले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउने र आधुनिक बैंकिङ्गको अनुभव प्रदान गर्ने उद्देश्यले यस किसिमका नवीन पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।