२०८१ पुष २८ , आइतवार

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २३औं वार्षिक साधारण सभा सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौँ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को २३ औं वार्षिक साधारण सभा हरिहर भवन, ललितपुरमा मिति २०८१ षौष २८ गते आइतबार सम्पन्न भएको छ । सो सभामा संचालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीले आ.ब. २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरे ।
हाल संस्थाको कूल निक्षेप रु.८ अर्व ३५ करोड र कर्जा रु.५ अर्व ८४ करोड रहेको छ ।

यस संस्थाले हालChip Based Debit Card, SMS Alert, E-Banking, ECC, Mobile Banking, Safe Deposit Locker, Top up facilities,विप्रेषण(Remittance)सेवा, DP, C-ASBA, QR Tellerलगायतका सेवाहरु प्रदान गर्नुका साथै व्यक्तिगत खाताको हकमा रु. ५ लाख सम्मको निक्षेप वीमाको समेतको व्यवस्था गरेको छ ।

राष्ट्रियस्तरको यस वित्तीय संस्थाले राज्यभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ भने कारोबार विस्तारको लागि निकट भविष्यमा थप शाखा विस्तार गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।