सुनाखरी न्युज/ काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला अदालत काठमाडौंमा आइतबार बयान लिइएको छ।बयान सकेपछि थुनछेक बहस सुरू गर्ने भनिए पनि सरकारी वकिलले समय माग गरेकोले आइतबार थुनछेक बहस नहुने भएको हो।
सरकारी वकिल खडिन्द्रराज कटुवालले बयानको अध्ययनका लागि थप समय माग गरेका हुन्। त्यसकारण आइतबार थुनछेक बहस नहुने भएको हो।लामिछानेमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको मुद्दा छ।रास्वपा सभापति लामिछाने आइतबार बिहान काठमाडौं अदालत हाजिर भएका थिए।
सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने भनि इजलासमा उठाएपछि न्यायाधीशले यस्तो आदेश गरेका हुन् । जिल्लाको यो आदेशपछि पोखराबाट धरौटीमा रिहा भएका लामिछाने आज न्यायिक हिरासतमा जाने भएका छन् ।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरेको छ ।