सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं जिल्ला अदालत परिसर बबरमहलमा अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको छ।सहकारी पीडितका तर्फबाट वकिल रहेका त्रिपाठीमाथि अदालत परिसरमा बुधबार अपराह्न हातपात भएको हो।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेको थुनछेक आदेश आउनुअघि त्रिपाठीमाथि हातपात भएको हो।‘रविलाई थुनाउने यही हो भन्दै ममाथि हातपात गरे,’ त्रिपाठीले भने।
त्रिपाठीमाथि हातपात आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।काठमाडौं अदालत परिसरमा रास्वपा समर्थकहरू पनि भेला भएका छन्। अहिले अदालत परिसरमा ठूलो संख्यामा प्रहरीहरू परिचालन गरिएको छ।