नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अदालत जाने तयारी गरेका छन्।
त्यस्तै उहाँले राम्रो काम गर्दा गर्दै पनि सरकारले अनावश्यक आरोप लगाएर हटाएकोमा असंयुष्टि पोखेका छन् । उहाँले आफूले समाचार आएपछि यसबारे थाहा पाएको भन्दै सरकारको निर्णयविरुद्ध अदालत गएर न्याय खोज्ने बताउनुभयो ।
सरकारको निर्णयबारे समाचारमार्फत जानकारी पाएको बताउँदै घिसिङले आफूले कुनै गल्ती नगरेको र राम्रो काम गरिरहेकै अवस्थामा हटाइएको भन्दै दुस्ख व्यक्त गरे। बिना कारण आरोप लगाएर हटाइएको महसुस गरेको छु, त्यसैले कानुनी बाटो अपनाउनेछु, उनले प्रतिक्रिया दिए।